ढिकुरा – अर्घाखाँची रुपन्देही समाजका लेखा समिती सदस्य राजन घिमिरेको निधन


अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराका एक युवाको कोरोना संक्रमणको कारणले निधन भएको छ । 
Related image
ढिकुरा
ढिकुराका स्थायी घर भएका ढिकुरा- अर्घाखाँची रुपन्देही समाजका लेखा समिती सदस्य ३० वर्षिय राजन घिमिरेको निधनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
निमोनियाको समस्या भई वैशाख २४ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनमा २५ गते सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको हो।
उनले हाल बुटवलको गोलपार्कमा लगईन एजुकेसन ईन्स्टिच्युट संचालन पनि गरेका थिए । 

अन्य समाचारहरु