अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला अस्पताललाई समाजसेवी गाेमा सापकाेटा रेग्मीले बिरामी र कुरूवाहरूका लागि १० वटा बेड सहयोग गर्नुभएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड न १ मा बसोबास गर्नु हुने समाजसेवी गाेमा सापकाेटा रेग्मीले जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामी र कुरूवाहरूका लागि बस्न र आराम गर्न मिल्ने १० वटा बेड सहयोग गर्नुभएको हो ।
बेड सहयोगका लागि युवा समाज सेवी हेनरी बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
गाेमा सामाजिक कार्यमा पहिलेदेखि नै सक्रिय रहदै आउनु भएको छ ।