कमला घिमिरे
पाणिनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका क्रियाशिल पत्रकारहरुको संगठन बनाईने भएको छ ।
फाइल तस्बिर
पाणिनी गाउँपालिकाबाट आम पत्रकारिता विकासमा महत्वपूर्ण गन्तव्य निर्धारण गर्दै निष्पक्ष पत्रकारिता मार्फÞत जनतालाई सुचना प्रवाह गर्ने श्रमजीवी पत्रकारहरुको संगठन बनाउन लागिएको हो ।
वर्तमान समयमा पाणिनी गाँउपालिकाका स्थित ८ वटै वार्डमा रहँदै पत्रकारीतामा क्रियाशिल पत्रकारहरु, देश विदेशमा रहदै विभिन्न संचार माध्यममा आवद्ध प्रतिनिधिहरु तथा संचारमाध्यममा आवद्धता जनाउन ईच्छुक पाणिनीवाँसी, पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरु तथा संचार संस्थाका सुभचिन्तक पाणिनी गाँउ पालिका वाँसीहरुले २०७८ जेठ ०५ गतेभित्र सम्पर्क नंवर +९७७ ९८६७५ ७७७७७ मा तपाईको आफ्नो पुरा नाम, कार्यरत मिडिया, वडा नं र गाँउको नाम म्यासेज गरी पठाउन अनुरोध गरिएको छ ।