अर्घाखाँचीबाट हेलिकप्टरमा काठमाण्डाै लगेकी काेराेना संक्रमित खनकी एक महिलाको निधन


अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनकी एक महिलाको कोरोना संक्रमणको कारणले काठमाण्डाैमा निधन भएको छ । 
काेराेना संक्रमण भई थप उपचारकाे लागि हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे खनकी ५५ वर्षिया बिन्दु खनालको  काठमाण्डाैमा पुग्न साथ ज्यान गएको हो ।  
खनाललाई काेराेना संक्रमण भई अर्घाखाँची अस्पतालमा राखी उपचार गरिएता पनि थप उपचारकाे लागि हिजाे मंगलवार अपरान्ह हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे थियाे । उनको अस्पताल पुगेकाे करिव आधा घण्टाभित्रै ज्यान गएकाे बताइएको छ । 
उनलाई श्वासप्रश्वास, ज्वरो, निमोनिया लगायतका स्वास्थ्य समस्या थियो । 
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४२ जनाको ज्यान गएको छ ।