हरि कुँवर
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको काफ्ले निवासी ३२ वर्षीय मृतक तिलक बहादुर सारुको परिवारलाई संकलन रकम रु. एक लाख दुई हजार आठ सय सन्ताउन्न हस्तान्तरण गरिएको छ ।
मृतक तिलकको परिवारमा ३ छोरा श्रीमती बुवा आमा छन । तिलक को गत बैशाख १८ गतेका दिनमा घाँस काट्ने क्रममा रुखबाट लडेर शक्त घाइते भइ उपचारको क्रममा गत बैशाख २१ गते निधन भएको स्थानीय छविलाल गिरि ले बताए ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर रहेकोले केही सहज होस भनी सोही गाउँका वैदेशिक रोजगारीमा रहेका कफ्लेली युवाले तिलकको परिवारलाई आर्थिक सहयोग गरेका हुन ।
वैदेशिक रोजगारमा खटिएका युवाहरू मार्फत रु ६६,८५५/- स्थानिय बासी बाट २५,०००/- मृतक तिलकका साथी पुर्ण बहादुर सारु को सक्रियतामा काठमाडौ को नक्साल स्थित प्रहरी जवानहरु मार्फत रु ११००१/- गरि जम्मा रकम रु १,०२,८५७/- मृतक का परिवार लाई हस्तान्तरण गरेको स्थानिय नुर बहादुर सारुले जानकारी दिए।
सहयोगी सम्पुर्ण कफ्लेली युवाहरूलाई तिलकको परिवारले आभार प्रकट समेत गरेका थिए ।