नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला अस्पताल अर्घाखाँचीको लागी अक्सीजन पलान्त नबन्दा सम्म अक्सीजन रिफिलको जिम्मा र ग्यारेन्टी आफुले गर्ने लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताएका छन् ।
‘जिल्लामा अक्सीजन पलान्ट निर्माणको काम अगाडि बढेको छ । अक्सीजन उत्पादन नहुदाँ सम्मको लागी बुटवलबाट अक्सीजन रिफिल गर्ने ग्यारेन्टी मैले र मेरो सचिबालयले गरेको छ । ’ युबासंघ नेपाल अर्घाखाँचीका पदाधिकारीहरु संगको भर्चुवल बैठकलाई सम्बोद्धन गर्दै आचार्यले जनताका जनप्रतिनिधीले कोरोना रोकथामका लागी गरेका प्रयासहरुलाई यिनिहरुले केही पनि गरेन्न् भनेर भ्रम खोती गर्न खोजिएको आचार्य भने ‘हामिले जिल्ला अस्पतालमा अक्सीजन पलान्ट गर्नको लागी उर्जामन्त्री दिन रात नभनि लाग्नु भयो । हामि सबैको अथक प्रयासबाट बजेट बिनियोजन भयो । तर त्यसलाई गलत व्याख्या गर्दै कुप्रचार गर्ने काम भयो । ’
कोरोना संक्रमण भएका बिरामिहरुको लागी उपचारको लागी अस्पताल सम्म ल्याउने र जिल्ला अस्पतालमा उपचार सम्भब नभएका बिरामिहरुलाई प्रादेशिक अस्पताल सम्म पुराउने भुमिका निरबार्ह गर्न युबा संघका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको छ ।
अर्घाखाँची अस्पतालको लागी आव्यसक अक्सीजन दैनिक रिफिल अर्घाखाँची अस्पतालमा अहिले ६० थान अक्सजिन सीलिण्डर रहेका छन ।
जसमध्ये १८ थान उर्जा मन्त्री टोपबहादुर रायमाझी , ६ थान लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य , ४ थान सन्धिखर्क नगरपालिका , १४ थान जिल्लामा रहेका उद्योगहरुबाट प्राप्त भएको अर्घाखाँची अस्पतालले जनाएको छ । अहिले अर्घाखाँची अस्पतालको लागी चाहिने अक्सीजन रिफिल गर्ने जिम्मा लुम्बीनि प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले जिम्मा लिएको स्वकिय सचिब प्रदिप नेपाालीले बताए । ‘हामिले उद्योग सगं समन्वय गरि दैनिक रुपमा १० देखी १५ सिलिण्डर अक्सजिन भरेर पठाएका छौ ।
जिल्लाको लागी अक्सीजन रिफिल गर्दा लाग्ने खर्चको शुल्क गुल्मी निबासी बालकृष्ण भुसालले भुक्तानी गर्नु भएको छ । ’कोभिड संकमण भई श्वासप्रस्वासमा समस्या भएकाहरु पछिल्लो समय अस्पतालमा उपचार गराउन जानेको सख्या बृद्धि भएको छ । सुरुवाति चरणमा अस्पतालमा उपचार गराउन जान नमान्नेहरु अहिले समयमानै आउन लागेको अस्पतालका डाक्ट कपिल गौतमले बताए । ‘ पहिला निमोनिय भएर अक्सीजन लेबल ४० पुगेपछ मात्र अस्पतालमा बिरामिहरुले आउने गर्नु भएको थियो । अहिले समस्या देखियो भने फोन गरि परामर्श गर्ने तथा समयामानै अस्पताल आउन थाल्नु भएको छ ।
कोभिडको दोस्रो लहर सुरु भए पछि हामिले ६५ जनालाई अक्सीजनको सपोर्टमा उपचार गरेर निको भई डिस्चार्ज हुनु भएको छ । अहिले २५ जनाको अक्सीजनको सपोर्टमा उपचार चलिरहेको छ । ’