अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का एक युवाको कोरोना संक्रमणको कारण निधन भएको छ ।
सन्धिखर्कका ३१ वर्षिय बोम बहादुर बिकको जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
श्वासप्रश्वास, निमोनियाको समस्या भई हिजो बुधवार अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४४ जनाको ज्यान गएको छ ।
बिहीवारको कोरोना विवरण यस्तो छ: