अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्ने काम शुरु भएको छ ।
जुकेनाको अधिकारी भनभने, कल्लेरी, ठाटिचौर ठुला ढुङरे,चेन्डाडा बोक्सेचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्ने काम शुरु भएको हो ।
यहाँ टोल टोलमा १०, १० जनाको समुह बनाएर बाटो खन्ने काम भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करिब १०० जनाले रोजगार पाएका छन् ।
कार्यक्रम अब असार मसन्तासम्म चल्नेछ ।