शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेठ ७ । राष्ट्रिय सभाका पुर्व सदस्य चन्द्रबहादुर खड्का उज्वलले कोरोना भाईरस बिरुद्ध एकजुट भई लड्नु पर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मी र सुरक्षा निकायका लागि पठाउनु भएको स्वास्थ्य सामग्री जिल्ला अस्पतालमा हस्तान्तरण गर्दै उहाँले विश्व मानव जातिलाई चुनौती दिनेगरी देखापरेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको निम्ति सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पछिल्ला दिनहरूमा अर्घाखाँची जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जानुका साथै मृत्युका घट्नाहरु समेत बढ्दै गएको भन्दै उहाँले यसको प्रभावकारी नियन्त्रणको निम्ति सबैले आआफ्नो ठाउँ बाट भुमिका खेल्नुपर्ने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका खड्काले विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,जनप्रतिनिधि ,राजनितीकदल र नागरिक समाजले महत्वपूर्ण भुमिका खेलेको भन्दै उहाँले अहिले जनतालाई कुरा भन्दा बढी काम चाहिएको बताउनुभयो । उहाँले जिल्ला अस्पतालको लागि कुनै पनि उपकरण र स्वास्थ्य सामग्रीको कमि हुन नदिने भन्दै निर्धक्क सँग जनताको उपचारमा लाग्न स्वास्थ्यकर्मीहरु लाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका बासिन्दाको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँदै जनतालाई आबस्यक पर्ने सबै खालको सहयोग गर्ने धारणा राख्नुभयो । उहाँले जिल्ला बाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदहरू बाट कोभिड नियन्त्रणमा ठुलो सहयोग प्राप्त भएको भन्दै प्रसन्नता समेत व्यक्त गर्नुभयो ।
जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अस्पतालको क्षमता बृद्धिगरी अस्पताललाई सुबिधा सम्पन्न बनाउने गरि काम भैरहेको बताउनुभयो ।
अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको भन्दै अक्सिजन प्लान्ट निर्माणको निम्ति सहयोग पुर्याएको भन्दै मन्त्री र सांसदहरूको प्रशंसा गर्नुभयो । उहाँले अस्पतालमा प्रत्येक दिन अक्सिजन आपुर्ति गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले खेल्नु भएको भुमिका सधैव स्मरणीय रहने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग पाउँदा आफुहरुमा चुनौती मोलेर काम गर्ने जाँगर लागेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रीका मुख्य स्वकीय सचिव प्रदिप नेपालीले कोरोना भाईरस रोकथाम ,नियन्त्रण र बिरामीको उपचारको निम्ति मन्त्री आचार्य दिनरात नभनी काममा जुटिरहेको बताउँदै अस्पतालमा कुनै पनि कुराको कमिहुन नदिने गरि काम भैरहेको बतउनु भयो ।
जिल्ला अस्पतालमा बिभिन्नदाता हरुको सहयोगमा प्रत्येक दिन अक्सिजन आपुर्तीको व्यवस्था मिलाउँदै आउनु भएका मन्त्री आचार्यले पहिलो लाईनमा बसेर काम गर्ने जिल्ला अस्पताल ,जिल्ला दैवीप्रकोप उद्दार समिति ,नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरुको निम्ति अत्यावश्यक पर्ने ११ किसिमका सामाग्री पठाउनु भएको थियो ।