अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्कका १ जना युवा र मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरका १ जना वृद्धको कोरोना संक्रमणको कारण निधन भएको छ ।
सन्धिखर्कका ३१ वर्षिय जना पुरुष र मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरका ७८ वर्षिय एक जना वृद्धको शुक्रबार कोरोना संक्रमणको कारण अर्घाखाँची अस्पतालमा निधन भएको हो ।
ज्वरो, श्वासप्रश्वास, निमोनियाको समस्या भई अस्पतालमा भर्ना भएका उनहरुलाई कोरोना संक्रमण देखिएको थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४५ जनाको ज्यान गएको छ ।
शुक्रबारको कोरोना विवरण यस्तो छ: