अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट तत्काल नबन्ने | अस्पतालमा अक्सिजन, स्वास्थ्य सामाग्री पर्याप्त


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण तत्त्काल नबन्ने भएको छ । 
गत ज्येष्ठ ६ गतेबाट विहीवारदेखि अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिने घोषणा गरेता पनि अन्तत: तत्त्काल नबन्ने भएको हो । भने अक्सिजन प्लान्ट निर्माण योजना अनिश्चित भएको छ ।  
अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालिन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  टोपबहादुर रायमाझीको पहलमा अर्थ मन्त्रालयबाट गत ज्येष्ठ ४ गते मंगलवार रु १ करोड ५० लाख विनियोजन भएको थियो । 
यस्तै जिल्लाका ६ पालिकाले पहिलो चरणमा १०-१० लाख रुपैया विनियोजन गर्ने बताएका थिए ।
उता रायमाझी तथा जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले ज्येष्ठ ६ गतेबाट विहीवारदेखि अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिने घोषणा गरेका थिए ।     
अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले डट्कमलाई भने; “बजेट आएको छ । टेन्डर प्रक्रियामा जादैछ । अझै केही समय लाग्छ ।”
  
उता जिल्ला अस्पतालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु पर्याप्त रहेको र कुनै अभाव नभएको गौतमले बताए ।     
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय चेतनारायण आचार्यले समन्वय गरी जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलमा रिफिल गर्दै ल्याइएको छ । यस्तै अर्घाखाँचीमा अक्सिजन प्लान्ट नबनेसम्म अक्सिजनको ग्यारेन्टी गर्ने प्रदेश मन्त्री आचार्यको प्रतिबद्दता गरेका छन् । 
अर्घाखाँची जिल्ला अस्पतालमा अहिले २३ जना संक्रमित उपचाररत रहेका छन् ।