काठमाडौं, जेठ ८ गते । विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस ९कोभिड–१९० सङ्क्रमण हुँदा र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारेपछि आरोहण स्थगित भएको थियो ।
१० दिनपछि सगरमाथाको चुचुरोमा आज आरोहीहरु पुग्ने सेभेन समिट ट्रेकका निर्देशक आधारशिविर मेनेजर टासि लाक्पा शेर्पाले जानकारी दिनुभयो । आरोहण लक्ष्यका साथ शुक्रबारनै दर्जनौ आरोहीहरु चौथो क्याम्प पुगेर बसेको उहाँले जानकारी दिनुभयो । यस अघि बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफासहित ५० जना भन्दा बढी आरोहीले आरोहण गरिसकेका छन् ।
बाँकी रहेका आरोहीहरुले भने आज शनिबारबाट नियमित रुपमा आरोहण गर्ने तयारीका साथ आधारशिविरबाट बाटो लागेको एजेन्सीहरुकाे भनाइ छ ।
ताउ–ते सक्रवातले क्षति पुर्याउने भन्दै जल तथा मौस विज्ञान विभागले पर्वतारोहीहरुलाई सतर्क हुन सूचित गरेका थिए । केही कोरोना सङ्क्रमणका कारण पनि आरोहण स्थगित भएको थियो भने केही आरोहीहरु भने सङ्क्रमित बने छि आरोहण रद्द गरी फिर्ता भइसकेका छन् ।
यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् यो हालसम्मै सबैभन्दा धेरै सङ्ख्या भएको पर्यटन विभागको तथ्याङक छ । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन् ।
सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ । गाेरखापत्रमा समाचार छ ।