गच्छे-भालुबाङ्ग सडक खण्डमा काष्ठमण्डप निर्माण कम्पनीको गुणस्तरहिन निर्माण कार्य जारी, अनुगमन भएन्


केशवराज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । रामपुर – गच्छे – भालुबाङ्ग सडक अन्तर्गत गच्छे – ढिकुरा सडक खण्डमा जारी पक्की नालि निर्माणकार्यमा चरम अनियमितता देखिएको छ । काष्ठमण्डप निर्माण कम्पनीद्वारा गरिएको उक्त कार्य गुणस्तरहिन र मापदण्ड बिपरित गरिएको पाइएको हो ।
पक्की संरचना निर्माण गर्दा प्रयोग गर्नुपर्ने सामग्रीहरु कमसल र निर्माणको सुत्र बिपरित गरिएको पाइएको हो भने काम पनि गुणस्तरहिन देखिएको छ । 
निर्माणाधिन नालिमा मसलाहरु नखादिएको , माटो , मिश्रित बालुवा , कमसल सिमेन्ट जस्तै ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्ने सम्झौता भएपनि पिपिसी सिमेन्ट  प्रयोग गरिएको पाइएको छ । 
सदरमुकामको नजिकै भएर पनि जिल्ला स्थित भौतिक पुर्बाधार कार्यालयबाट यश खण्डमा एक पटक पनि अनुगमन नगरिको नागरिकहरुको आरोप रहेको छ । अनुगमनको बिषयमा पुर्बाधार कार्यालयमा बुझ्दा कोरोनाको कारण देखाउदै जान नसकिएको इन्जिनियर अशोक दवाडिले बताए ।उता निर्माण जिम्मा लिएको कास्ठमण्डप निर्माण कम्पनिका साइट इन्चार्ज शिव रायमाझिको पनि फोन सम्पर्क गर्दा स्विच अफ थियो । यी र यस्ता उत्तरले  ठेकेदार कम्पनी र सरकारी इन्जिनियरहरुको आर्थिक मिलेमतो रहेकोमा शंका गर्ने ठाउँ उब्जिएको छ । यसरी गुणस्तरहिन कार्य गर्दै राज्यको लगानी पानीमा बगाउने प्रयास गर्नु दुखद देखिएको छ ।
अर्को तर्फ निर्माण स्थलमा काम गरिरहेका मजदुरहरुको स्वास्थ सुरक्षाका बारेमा पनि ठेकेदार कम्पनी उदासिन पाइएको छ । जोखिमको बेला पनि काम गरिरहेका  मजदुर हरुलाइ मास्क लगायत का स्वास्थ   साबधानी पालना नगराएको देखिएको छ । यसले गर्दा संक्रमण झन फैलिने खतरा देखिएको पनि छ ।
उक्त स्थानमा बिभिन्न निर्माण कार्य सम्पन्न गर्नको लागि २६ करोडको बजेटमा बाउन्न प्रतिशत छोडेर टेन्डर प्रक्रिया मार्फत काष्मण्डप निर्माण कम्पनिले जिम्मा लिएको छ ।
यसरी पुर्णतया लापरबाहीले कार्य गरिरहदा सम्बन्धित निकायको कुनै चासो र अनुगमन नदेखिनुमा मिलेमतो रहेको शंका गर्न सकिन्छ । राज्यको लगानिमा यस्तो लापरबाहीले निर्माणाधिन संरचना छोटो समयमानै नस्ट भै बर्सेनी लगानी गरिरहनु पर्ने बाध्यता देखिन आउँदा बिकास निर्माणमा प्रभाबकारिता देखिएको छैन । यस तर्फ अझै पनि सचेत नभए कहिले हुने ?