अर्घाखाँचीमा एमाले ओली निकट युवा संघले स्कार्पियो एम्बुलेन्सबाट फर्स्ट एड चिन्ह हटायो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले ओली निकट राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले निजी स्कार्पियो गाडीमा फर्स्ट एड (प्राथमिक उपचार) चिन्ह प्रयोग गरी निशुल्क एम्बुलेन्स सेवा दिन भन्दै प्रचार गरेपछि नेपाल रेड्क्रस सोसाइटीले आपत्ती जनाएको छ ।
फर्स्ट एड लोगो सहित 
युवा संघ नेपाल अर्घाखाँचीले स्कार्पियो गाडीलाई एम्बुलेन्स बनाई निशुल्क सेवा दिन भन्दै फर्स्ट एड (प्राथमिक उपचार) चिन्ह प्रयोग गरेको भन्दै नेपाल रेड्क्रस सोसाइटीले आपत्ती जनाएको हो । 
युवा संघले रेड्क्रसको आपत्तिपछि उक्त गाडीमा लेखेको फर्स्ट एड चिन्ह हटाएको छ । 
                                                       अहिले फर्स्ट एड लोगो हटाएको छ । 

सन्धिखर्कमा राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले आईतबारबाट निशुल्क एक स्कार्पियो-एम्बुलेन्स सेवा शुरु गरेकाे बताएको थियो । विपन्न परिवारलाई अस्पताल ल्याउनका लागि संगठनको निजी आर्थिक श्राेतबाट उक्त सेवा शुरु गरिएको उनिहरुको भनाई छ । 
अहिले फर्स्ट एड लोगो हटाएको छ । 
युवा संघले निशुल्क सेवा शुरु गरेको छ । भने अर्घाखाँचीमा पछिल्लो समय एम्बुलेन्सको नाममा गैर-बिरामीहरुलाई पैसा असुल्दै ओसार पोसार गरेको देखिन्छ । गत वैशाख १५ गते बुधवार लु १ झ ४७८ नम्बरको एम्बुलेन्सले बुटवलबाट अर्घाखाँचीको पुर्कोट दहसम्म विरामीको नाममा खचाखच मान्छे राखेर २०० रुपैया असुल्दै ओसारपसार गरेको आरोपमा अस्थायी ट्राफिक प्रहरी ठाडाले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।