राधा नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भन्डारीको कदमले संबिधान र संसदको हुर्मत लिने एवं संघिय लोकतान्त्रिक गणतन्त्रलाई गम्भिर संकटमा पार्ने काम गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर बि.क (किशोर) ले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै संसद बिघटन असंबैधानिक र देशलाई प्रतिगमन, तानाशाह र फासिबाद तर्फ धकेल्ने कदम भएको भन्दै बिरोध जनाएका हुन् ।
जारी बिज्ञप्तिमा भनिएको छ जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबि भन्डारीको मिलोमतोमा असंबैधानिक तरीकाले दोश्रो पटक प्रतिनिधि सभा बिघटन गरीएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । भने देशलाई प्रतिगमन,तानाशाहि र फासिबादको दिशातर्फ धकेल्ने तथा सत्ता टिकाउन गरीएका जनहित बिपरितका कार्यहरुले देशभरका सम्पुर्ण राष्ट्रप्रेमि र लोकतन्त्र प्रेमि जनसमुदायलाई आक्रोशित तुल्याएको छ ।
नेपालको संबिधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्रि वलिले धारा ७६कै उपधारा ४ अनुसार बिश्वासको मत लिने वा लिखित राजिनामा दिई स्विकृत गराउने कार्य भएन भने संबिधानको धारा ७७ अनुसार प्रधानमन्त्रिको पद रिक्त हुने ब्यबस्था बिपरित कोरोना महामारीको यो संकटपुर्ण अबस्थामा केबल २१ घन्टा भन्दा कम समय दिएर चोर बाटोबाट संबिधानको धारा ७६ को (५) अन्तर्गत नयां सरकार गठनका लागि राष्ट्रपतिद्धारा आब्हान गरीनु आफैमा असंबैधानीक र दुराशयपुर्ण रहेको कुरा जगजाहेर रहेको बिज्ञप्तिमा उल्लेख छ ।
यसैगरी २०७७ पौष ५ गतेको निरन्तरतामा नेपाली जनताको ७ दशक लामो संर्घषको प्रतिफल स्वरुप प्राप्त उपलब्धिहरु माथि प्रहार गर्दै आएको प्रधानमन्त्रि र राष्ट्रपतिको यो असंबैधानिक ,अलोकतान्त्रिक ,दुराशयपुर्ण तथा प्रतिगामि कदमको बिरोध गरीएको छ ।
साथै सम्पुर्ण देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई राट्रियता,गणतन्त्र, समाबेशि लोकतन्त्र, धर्मनिपेक्षता र जनअधिकारको रक्षाका लागि एकजुट हुन आब्हान समेत गरीएको छ ।
बिज्ञप्तिमा जनताको बृहत एकता र जुझारु संर्घषको माध्यमबाट प्रतिगामि तथा असंबैधानिक कार्यलाई परास्त गर्नुको कुनै बिकल्प नरहेको समेत जिकिर गर्दै यसका बिरुध्द हरेक प्रकारका आन्दोलन गर्न पछि नहट्ने जनाइएको छ ।
प्रेस वक्तव्य
दश वर्षे जनयुद्धको जगमा , १ ९ दिने जनभान्दोलनको कममा नेपाली आमाका सर्वोत्तम छोराछोरीको पलिदान , घाइते योद्धा , बेपत्ता नागरिक र जनताको अतुलनीय योगदानका कारण सामन्ती केन्द्रीकृत राज्य संरचनाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सबैलाई सर्वविदितै छ । सबै खाले देशी विदेशी प्रतिगामी शक्तिहरुलाई पराप्त गर्दै २०७२ सालमा नेपालको संविधान जारी भएकोमा हामी सबैका लागि गौरवको विषय हो । संवैधानिक व्यवस्था बमोजिम निर्वाचित प्रधानमन्त्री र सविधान संरक्षकको रुपमा रहनु भएकी राष्ट्रपतिले संवैधानिक व्यवस्थालाई कुल्चेर वीरवीरगनाले बगाएको रगतमाथी अपमान र राष्ट्रको शीर गिराउने गरी गत पौष ५ गतेको प्रतिनीधि सभा विघटनको निरन्तरताकै कडिको रुपमा पूनः यहि मिति २०७८ जेष्ठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ को प्रावधानलाई उल्लंघन गर्दै एकै पटक उपधारा ५ लाई प्रयोग गरी कपटपुर्ण र छापामार युद्ध शैलीमा १४ ९ जनाको प्रतिनीधि सभाका माननीय सदस्यहरुको हस्ताक्षर सहितको राष्ट्रपति समक्ष प्रस्तुत गरिएको दावीलाई वेवास्ता गरी प्रधानमन्त्री र राष्ट्रपतिले रहस्यमय मिलोमतो गरी मध्यरातमा जननिर्वाचित प्रतिनिधीसभालाई विघटन गर्ने कार्य असंवैधानिक , अलोकताविक र प्रतिगमनकै निरन्तरताको कडी हो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनकारी कदम नेपालको इतिहासमा नयाँ जनेको पादुर्भावको पराकाष्ठ हो । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) जिल्ला कमिटी अर्घाखाँची असंवैधानिक तवरले प्रतिनीधि सभा विघटन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घाटि निमोठ्ने कु कार्यको निन्दा एवं घोर भर्त्सना गर्दै खेद प भण्डाफोर गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न अर्घाखाँची जिल्ला पार्टी सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछ । वर्तमान प्रधानमन्त्रीको अलोकतान्त्रिक , असंवैधानिक र निरहकुशताको विरुद्ध हरेक प्रकारका आन्दोलन गर्न राजनीतिक दल , नागरिक समाज , पत्रकार , शिक्षक एवं कर्मचारी , बुद्धिजीवि लगाएत सबैसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । कोरोना भाईरस ( कोभिड -१ ९ ) को दोस्रो भेरियण्टको संक्रमण भई निधन भएका प्रति जिल्ला पार्टी हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै उपचारमा रहनु भएकाहरु प्रति सिघ र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । संक्रमितहरुको उपचार , रोगथाम र नियन्त्रणका लागि दिनरात नभनी खट्नुहुने स्वास्थ्यकर्मी एवं सुरक्षा निकाय लगाएत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । जिल्लामा संक्रमितहरुको उपचारका लागि जिल्ला अस्पताल र ६ वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोग पुराउनुहुने देश तथा विदेशवाट सहयोग गर्नुहुने सहयोगी मनहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछ । नागरिकहरुको जीवन रक्षाका लागि यथोचित व्यवस्थापन गर्न संघ , प्रदेश र स्थानीय सरकारलाई विशेष अनुरोध गर्दछौं । कोरोना भाईरस ( कोभिड -१ ९ ) को संक्रमणवाट जनसमुदायको जीवन रक्षाका लागि स्वास्थ्य मापदण्डलाई अवलम्बन गर्दै क्रियासिल रहन सबै तहका पार्टी कमिटीहरुलाई विशेष निर्देशन गरिन्छ ।
मिति २०७० जेष्ठ १० गते
हार्दिक अभिवादन सहित
ठाकुर कुमार वि.क ( किशोर )
जिल्ला संयोजक