अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीका एक जना वृद्ध, शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाका एक जना पुरुष र पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानका १ जना पुरूषको कोरोना संक्रमणको कारण निधन भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले डट्कमलाई दिएको जानकारी अनुसार धारापानीका ८९ जना वृद्ध, ठाडाका ४६ वर्षिय पुरुष र मैदानका ५६ वर्षिय पुरूष गरी एकै दिन ३ जनाको कोरोना संक्रमणको कारण मंगलवार निधन भएको हो ।
धारापानीका वृद्ध र ठाडाका पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा निधन भएको थियो । भने मैदानका पुरूषको भिम अस्पताल भैरहवामा निधन भएको हो ।
ज्वरो, श्वासप्रश्वास, निमोनियाको समस्या भई अस्पतालमा भर्ना भएका उनहरुलाई कोरोना संक्रमण देखिएको थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५१ जनाको ज्यान गएको छ ।