अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) अर्घाखाँचीले सहिद प्रज्जवल शाही लगायतका सहिदहरूकाे सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
सन्धिखर्कमा बुधवार अनेरास्ववियु (क्रान्तिकारी) अर्घाखाँचीले सहिद प्रज्जवल शाही लगायतका सहिदहरूकाे सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।
सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्वाेधन गदै अखिल त्रान्तिकारीका जिल्ला ईन्चाजं नवीन खड्काले सहिदले नेपालकाे परिवर्तित आन्दोलनमा नेपालकाे भुमिमा बगाएको रगतको उच्च मुल्यांकन हुने बताउनुभएको छ ।
सहिदकाे सम्झनालाई साकार पार्नकाे लागि सबै लाग्नुपनें बताउदै वर्तमान कथिन सरकारका कारणले आफ्ना नेताकाे मुत्यु भएको बताउदै रगतको उच्च मुल्यांकन हुने बताउदै सरकारसँग भएको सभ्झाैता आफुहरूले अक्षरस पालना गनें बताए ।
जनतालाई घरभित्र थुनेर आफुहरूले सिहदरबारमा बालुवाटारमा रजाइँ गरेकाे बताउदै जनता विकल्पकाे खाेजीमा रहेकाेले जनताले झापा आन्दोलन नेता केपी ओली सुदुरपस्चिमका विकट बस्तीमा जन्मेका शेर बहादुर देउवा जनयुद्धका नाईके प्रचण्ड बाबुराम कम्युनिस्टका नाईके धनश्याम भुसाल याेगेश भट्टराई रबिन्द् अघिकारीलाई मन्त्री प्रधानमन्त्री बनाएतापनि कुनै परिवर्तन नभएकोले जनताले अब व्यवस्था परिबर्तनकाे निम्ति आन्दाेलन गनुपनें बताउदै बतंमान राजनीतिक रूपमा देखा परेका समस्याकाे समाधान बैज्ञानिक समाजबादले गनें बताए ।
कार्यक्रम जिल्ला उपाध्यक्ष पदम नेपालीको संचालनमा सम्पन्न भएकाे थियोे ।