अर्घाखाँची अस्पतालमा १५ जना कोरोना संक्रमित विरामी उपचाररत, सम्पूर्ण स्वास्थ्य सामाग्री पर्याप्त


हरिप्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला अस्पतालमा १५ जना कोरोना संक्रमित विरामी उपचाररत रहेका छन् ।
जिल्ला अस्पतालमा बिहीवारसम्म १५ जना कोरोना संक्रमित विरामी उपचाररत रहेका हुन् । जसमा ४ जना महिला र ११ जना पुरुष गरी १५ जना विरामी उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।
कोभिडसंग मिल्दोजुल्दो लक्षण देखिएपनि पुष्टी हुन नसकेका ६ जना विरामी समेत उपचाररत रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा नयाँ विरामी नथपिएको र कुनै अप्रिय घटना पनि नभएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  
साथै अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर, बेड लगायत सबै स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताइएको छ ।