काठमाडौं । आज बिहानदेखि काठमाडौंमा वर्षा भइरहेको छ ।
देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा यास चक्रवात पश्चिमउत्तर, पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र०को प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरिे प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेका सर्तकता अपनाउन आग्रह गरिएको छ । इमेजखबरमा समाचार छ ।