रिता भुसाल
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा ढिकुरा-रुपन्देही समाज तथा शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरी बुटवलले औषधी तथा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
ढिकुराका कोरोना संक्रमित लगायत वृद्धबृद्दाहरुलाई शुक्रबार ढिकुरा-रुपन्देही समाज तथा शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरी बुटवलले औषधी तथा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा २३ जना कोरोना संक्रमित, १७ जना भारत लगायत तेस्रो मुलुकबाट आई होम क्वारेन्टिनमा बसेका तथा ७ जना वृद्धबृद्दा गरी करिव ४५ देखि ५० जनालाई औषधी तथा स्वास्थ्य सामाग्री बितरण गरिएको थियो ।
यस्तै कार्यक्रममा क्वारेन्टिनमा बसेका अर्घाखाँची ढिकुरा रुपन्देही समाजको तर्फबाट सर्जिकल माक्स, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको थियो । भने शुभश्री मेडिकल हल (डिल ब.थापाको) तर्फबाट पारासिटामोल, जिंक सल्फेट, भिटामिन सी, सन्चो, अल्लेग्रा, डोलोंपर, फ्लेक्जन लगायतका औषधी बितरण गरिएको थियो।
साथै गत ज्येष्ठ ३ गते सोमवार कोरोना संक्रमणका कारण भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएका ढिकुरा- अर्घाखाँची रुपन्देही समाजका लेखा समिती सदस्य तथा बुटवलको गोलपार्कमा लगईन एजुकेसन ईन्स्टिच्युट संचालक स्व. राजन घिमिरेको घरमा गई परिवारलाई समबेदना प्रकट पनि गरिएको थियो ।
कार्यक्रममा वार्ड सदस्य कल्पना पराजुली, निवर्तमान अध्यक्ष राम प्रसाद पोख्रेल, उपाध्यक्ष भुवन दर्लामी, वर्तमान समाजका उपाध्यक्ष बाबुराम भ्ट्टराई, सचिव ऋशव पोख्रेल, कोषाध्यक्ष बलराम घिमिरे, सदस्यहरु रिता भुसाल, गोबिन्द घिमिरे तथा पत्रकार अम्बिका श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
उता ढिकुरामा ढिकुरा-रुपन्देही समाजले जिल्लामा विभिन्न समयमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नियमित सहयोग गर्दै आएको छ ।