जलुकेमा नौमुरे जलविद्युत् परियाेजना अगाडि बढाउन आर्थिक बर्ष २०७८-७९ मा बजेट बिनियोजन


नविन के.सी 
जलुके, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ ( साविक जलुके-२) मा पर्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियाेजनाकाे निर्माण कार्यलाई अगाडि बढाउन आगामि आर्थिक बर्ष २०७८÷७९ को लागी आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णु पौडेलले बजेट मन्त्व्यमा प्रस्तुत गर्नु भएको छ । 
गत २०७७ चैत्र २९ गते आइतवार पूर्ब उप्र—प्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले लामातालमा कार्यालय स्थापना गरि उदघाटन समेत गर्नु भएको थियो  ।
२ सय ८१ मेगावाट क्षमताको आयोजना निर्माण कार्यले गति लिने विश्वास गरिएको छ ।  राप्ती नदीमा १ सय ६९ मिटर अग्लो बाँध बनाई पानी संचय गरी प्रयोग गर्ने गरि प्रस्ताव गरिएको बहुउद्देश्यीय आयोजना अन्तर्गत तिन ओटा आयोजना निर्माण गर्न लागिएको छ । प्यूठानको सरूमारानी गाउँपालिका वडा नं. ३ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ७ र ८ को सिमानामा नौमुरे बाँध बनाई सरूमारानीमा विद्युतगृह निर्माण गरि २१८.३४ मेगावाट क्षमताको नौमुरे जलविद्युत आयोजना निर्माण गरिँदै छ ।
जलुकेको लामातालमा रि रेगुलेटिङ बाँध बनाई ८ मेगावाटको लामाताल जलविद्युत आयोजना निर्माण गरिने भएको छ । यस्तै  लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केहि पानीको प्रयोग गरी सितगंगा नगरपालिका हुँदै सुरूङ मार्फत अर्घाखाँची र कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ को सुराइ खोला नजिक रहने विद्युतगृहबाट ५४.७ मेगावाटको सुराईनाका जलविद्युत आयोजना निर्माण गरिँदै छ ।
बहुउद्देश्यीय  आयोजना निर्माणका लागि १ खर्व २८ अर्व बजेट अनुमान गरिएको छ । नेता  रायमाझीले  नौमुरे परियोजना निर्माणको कार्यलाई अब कसैले रोक्न नसक्ने बताउनुएको छ  । उहाँले जलविद्युत, सिंचाइ सुविधा, माछा पालन, बाढी नियन्त्रण  र पर्यटन लगायतका धेरै फाइदायुक्त आयोजना निर्माणले सयौं व्यक्तिले रोजगारी पाउने बताउनुभयो । उहाँले नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सम्पन्न भएपछि लुम्बिनी प्रदेशको समृद्धिको ढोका खुल्ने बिश्वास आफुले लिएको रायमाझीले अर्घाखाँचीटाईम्संग बताउनु भयो  ।
  यस्तै आजको बजेट भाष्णमा जिल्लाको सदरमुकाम सन्धिखर्कमा कृषि थोक बजार स्थपनाको लागी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले बजेट भाषणमा बताउनु भएको छ ।