अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निरन्तर वर्षापछि पहिरो जाँदा सडकहरु अबरुद्ध भएका छन् ।
सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभरका बाटो- सडकहरु वर्षापछि पहिरो जाँदा अबरुद्ध भएका हुन् ।
यस्तै गोरूसिङ्गे-सन्धिखर्क सडक अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । गाउँ – गाउँमा प्राय बाटोहरु भत्किएका छन् । आवत – जावत पूर्ण रुपमा बन्द भएको छ ।
जिल्लामा वर्षाले गर्दा गाउँ- गाउँका सडकखण्डमा पहिरो जाँदा समस्या परेको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका लगायतका स्थानियबासीले जानकारी गराएका छन् ।