अर्घाखाँची सम्पर्क समिति युएईद्धारा जिल्ला अस्पताललाई दुई वटा कन्सनटेटर मेसिन सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताललाई अर्घाखाँची सम्पर्क समिति युएईले दुई वटा कन्सनटेटर मेसिन हस्तान्तरण गरेको छ । 
अर्घाखाँची सम्पर्क समिति युएईले आईतबार जिल्ला अस्पताललाई दुई थान कन्सनटेटर सहयाेग हस्तान्तरण गरेको हो । 
सामाग्री सम्पर्क समिति युएईको तर्फबाट प्रकाश जंग रायमाझी लगायतको टिमले अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतम, अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाललाई सहयाेग हस्तान्तरण गरेको थियो । 
उता अर्घाखाँची सम्पर्क समिति युएईले जिल्लाको लागि समय – समयमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।