अर्घाखाँचीमा एमाले ओली निकट महिला संघद्धारा महिला हिंसा कानुन कार्यान्वयनको माग गर्दै प्रशासनमा ज्ञापन पत्र


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले ओली निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले महिला हिंसा विरुद्धका कानुन ससक्त रुपमा कार्यान्वयनको माग गर्दै जिल्ला प्रमुख अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । 
अखिल नेपाल महिला संघ अर्घाखाँचीले आईतबार तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला हिंसा , लैङ्गिक विभेदता र वंश परम्परा विरुद्धका कानुन ससक्त रुपमा कार्यान्वयनको माग गर्दै जिल्ला प्रमुख अधिकारी बिष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।