अर्घाखाँचीमा चिनियाँ भेरोसेल कोरोना खोप जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाइने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा यही जेठ २५ गतेदेखि चिनियाँ भेरोसेल कोरोना खोप अभियान सञ्चालन गरिने भएको छ ।
जिल्लाका खोप लिन बाँकी ६० देखि ६४ वर्ष उमेर समूहलाई उक्त भेरोसेल खोप दिइने भएको हो । 
यस्तै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ।
अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो । 
उक्त चिनियाँ खोप बिहीबार लुम्बिनी प्रदेशमा आउने छ । अर्घाखाँचीमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर प्रदेशले पठाउने छ ।