सन्धिखर्क र चुत्राबेसीका तरकारी तथा फलफुल पसलहरुले बिना मुल्य सुची बिक्री वितरण गर्दै


अर्घाखाँचीडट्कम संवाददाता

चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क र  चुत्राबेसीमा सञ्चालन भएका तरकारी तथा फलफुल पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको भेटिएको छ । 
निशेधाज्ञाको समयमा दैनिक उपभोग्य बस्तुहरु कसरी बिक्री वितरण भएको छ । उचित मुल्यमा बिक्री बिरतण भएको छ छैन भनेर जिल्ला स्तरीय अनुगमन टोलीले सन्धिखर्क र  चुत्राबेसीका तरकारी तथा फलफुल पसलहरुमा दैनिक उपभोग्य बस्तुका सामाग्रीहरु बिक्री बितरण गर्ने पसलमा अनुगमन गरेको हो । 
घरेलु तथा साना उद्योग कार्यलयका कार्यलय प्रमुख केशव सुनार, लक्ष्मी प्रसाद दाहाल,  सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ जिवनारायण आचार्य, जिल्ला प्रशासन कार्यलयका पोमनारायण कुँवर, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि प्रेम थापा लगायतको टोलीले तरकारी तथा फलफुल पसलहरुको अनुगमन गरेको थियो ।

अन्य समाचारहरु