माधव बेल्वासे
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेक स्थित धम्मखोलामा लुम्विनी प्रदेश सरकारबाट विनियोजित रकमबाट खेलमैदान निर्माणको काम शुरु भएको छ ।
आर्थिक वर्ष २०७७ /०७८ मा लुम्विनी प्रदेश सरकारले खेल र खेलाडीको विकाशका लागि विनियोजन गरेको १० लाख रुपैपा बराबरको बजेटबाट निर्माण सम्पन्न गर्ने गरि कार्य आरम्भ गरिएको हो ।
खेल मैदानको निर्माणले स्थानिय युवाहरु हर्षित भएका छन् । स्थानिय समाजसेवी मोहन टण्डनका अनुसार खेलमैदानको अभावमा खेलाडीहरुको विकासमा समस्या पैदा भएको थियो ।
खेल मैदान निर्माण कार्यको प्रारम्भ भएपछि सबैमा उत्साह पैदा भएको टण्डनले बताउनुभएको छ ।