अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई दिएको विवरण अनुसार जिल्लामा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
जिल्ला अस्पताल प्रमुख डा.कपिल गौतमले डट्कमलाई बताए अनुसार अहिलेसम्म अस्पतालमा १९० जना कोरोना संक्रमित भर्ना भएकामा १६० जना निको भएर घर फर्किएका छन् । यस्तै ति मध्ये १७ जनाको मृत्युु भएको छ । साथै अहिले उपचाररत २४ जना रहेका छन् ।
साथै डा. गौतमले निषेधाज्ञाले राम्रो गरको बताए । निषेधाज्ञा नभए संक्रमित बढ्ने थिए र यसको पालना गरे संक्रमित संख्या घटन सक्ने उनको भनाई छ ।
साथै विगत छ दिनदेखि कोरोना संक्रमित कही पनि मरेको छैनन् ।
उता जिल्ला अस्पताल अर्घाखाँची अक्सिजन लगायत सम्पूर्ण स्वास्थ सामाग्रीको अवस्था पर्याप्त छ ।
यस्तै ज्येष्ठ २५ बाट चाइनिज खोप भेरोसेल लगाउने कुरामा अहिलेसम्म प्रदेशबाट खोप आउने प्रक्रिया र आदेश नआएता पनि आउने संभावना करिब पक्का भएको र खोप अभियान संचालन पनि हुने जानकारी जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिए ।