अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चौथो पटक पुन: जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा चौथो पटक आजदेखि जेष्ठ ३१ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञा थपिएको हो ।
डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकमा निषेधाज्ञालाई थप कडाई गरिनुका साथै माक्स नलगाई सार्बजनिक स्थलमा हिड्डुल गरेमा पटकै पिच्छे एक सय रुपियाँ जरिमाना गरिने, मानिसको आबत जाबतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अबस्थामा सो को उल्लंघन गर्नेलाई पट्कै पिच्छे दुई सय जरिवाना गरिनुका साथै, सबारी साधन आबत जाबतमा रोक लगाइएको अबस्थामा सम्बन्धित अधिकारीको अनुमती बिना वा प्रहरी लाई जानकारी नदिइ बिरामी ओसारपसार गर्ने बाहेकका सबारी साधान चलाएमा दुई पाङ्ग्रे गाडीको निम्ति दुई हजार जरिवाना र अन्य सबारी साधनको हकमा पाँच हजार जरिवाना लगाइने , अध्यादेशमा उल्लेखित नियमलाई उलंघन गरेमा माथी उल्लेखित जरिवानाका अतिरिक्त प्रमुख जिल्ला अधिकारिले ६ महिना सम्म बन्द गर्ने आदेश दिन सक्ने समेत उल्लेख गर्दै सबैमा जानकारी गराइएको थियोे ।
संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै जिल्लामा गत बैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञाका कारण जिल्ला यतिबेला ठप्प र सुनसान छ ।
कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका छन् ।