अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमकी एक जना महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमित खिदिमकी ७० वर्षीया वृद्धाको भिम अस्पताल भैरहवामा बिहीवार निधन भएको हो । उनलाई थप उपचारको लागि भैरहवामा लगिएको थियो ।
अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५५ जनाको ज्यान गएको छ ।