सन्धिखर्कको रतहलेमा ५ लाख लगानीबाट तरकारी खेती शुरु गरी मार्सिक १ लाख २० हजार आम्दानी गर्दै २ युवाहरु


अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची जेष्ठ- २० । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. १ को रतहलेमा वार्षिक पचास हजार तिर्ने गरि  १४ रोपनी जग्गा भाडाम लिएर  ५ लाखको लगानीबाट  तरकारी खेती शुरु गरेका दुई युवाहरुले अहिले मनग्ये आम्दानी गर्न लागेका छन् ।
भुमिकास्थान नगरपालिका वडा न. ३ निबासी कृषि प्राबिधिक सुनिल खनाल र दिपक खनालले अहिले उक्त जग्गामा टमाटर , काक्रा , लौका, सेमि, बोडि, घिरौला, भान्टा , तिलेकरेका , साग , फर्सीका मुन्टा, बन्दागोभी खुर्सानी लगायतका हरियो तरकारी उत्पादनको बिक्रिबाट दैनिक  चार हजार अर्थात मार्सिक १ लाख २० हजार आम्दानी गर्ने गरेका छन्।
सिंचाइ पानीको अभावका बाबजुद पनि निकै टाढा टाढाबाट ग्यालेन मै पानी बोकेर सिंचाइ गरेका यी युबाहरुलाई चेम्बर अफ कमर्सका जिल्ला महासचिव प्रकाश भुसाल र किसान २ परियोजना का प्राबिधिकहरुबाट  प्राविधिक सहयोग बाहेक अरु कुनै पनि निकायबाट आर्थिक सहयोग र  अनुदान लिएका  छैनन् ।