जर्मनी (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जन्मेर युरोपको विभिन्न देशहरुलाई कर्मथलो बनाई बसोबास गर्ने जिल्लाबासीले अर्घाखाँची समाज युरोप गठन गरेका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका घर भई युरोपका विभिन्न देशहरु रहेका जिल्लाबासीहरुले पहिलो पटक अर्घाखाँची समाज युरोप गठन गरेका हुन् ।
गठन गरिएको अर्घाखाँची समाज युरोपको अध्यक्ष पदमा जर्मनीबाट श्याम कुमार खनाललाई चयन गरिएको छ । केरुङाका खनाल ३० बर्षदेखि जर्मनीको फ्रान्कफोर्टलाई कर्मथलो बनाएर बसेका छन् ।
यस्तै उपाध्यक्षमा क्रमश शालिकराम खनाल (आयरल्याण्ड), चुरामणी अर्याल (स्विडेन), कृष्ण मरासिनी (स्पेन), अनिल भुसाल (पोर्चुगल), महासचिबमा माधवराज पोख्रेल (लक्जम्बर्ग), सचिवमा क्रमश किरण बेल्बासे (नर्वे), नविन घिमिरे (स्पेन), कोषाध्यक्षमा कृति पौडेल (डेनमार्क), सहकोषाध्यक्षमा शशी पन्थी (युके), सदस्यहरुमा क्रमश सरस्वती भुसाल, राजु कुँवर, गोबिन्द प्रसाद घिमिरे, लक्ष्मी बेल्बासे, सन्तोष पाण्डे, गणेश गैरे, सरस्वती ज्ञावली गैरे, पवन आचार्य, जनक पौडेल, हरी गौतम, सुरज रायमाझी, रेशम भुसाल र पदमलाल पाण्डे रहेका छन् ।
समितीको संरक्षक परिषदमा क्रमश पुष्प थापा, बिनोद घिमिरे, चन्द्रकान्त आचार्य र बिष्णु रिजाल रहेका छन् । साथै सल्लाहकारहरुमा क्रमश अशोक घिमिरे, बाबुराम शर्मा, टिकाराम आचार्य, कमल खनाल, बिनोद अधिकारी, विनय गौतम, बाबुराम भुसाल र बिनोद गौतम रहेका छन् ।
उता अर्घाखाँचीबासीहरुले बृहत छलफल र अन्तरक्रियापछि अर्घाखाँची समाज युरोप समिती गठन गरेका छन् । भने अर्घाखाँची समाज युरोपले आगामी दिनमा अन्यलाई पनि संगठित गर्दै जाने र विभिन्न समिति बनाई सबैलाई जिम्मेवारी दिने कार्य गर्ने बताएको छ।
साथै अर्घाखाँची समाज युरोपले जिल्लामा सहयोग पहल शुरु गर्ने पनि छ । साथै अर्घाखाँची समाज युरोपले जिल्लामा सहयोग पहल शुरु गर्ने पनि छ । र युरोपका सबै देशहरुमा अर्घाखाँची समाज समिती निर्माण गर्ने पनि योजना राखिएको छ ।