अर्घाखाँचीमा एमाले निकट युवा संघले पुन: एम्बुलेन्स सेवा शुरु गर्ने, प्रशासनसँग अनुमती माग


दिपक भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले ओली निकट राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । 
सरकार र प्रशासनले अनुमति दिएमा फेरि सुरुवात गर्न तयार रहेको जिल्ला संयोजक गोविन्द प्रसाद आचार्यले बताएका हुन् । 
आचार्यले एम्बुलेन्स सेवा अबरुद्द भएको बारेमा केहि सामाजिक सन्जालमा आएको खबर सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बताए । जिल्ला प्रशासन कार्यालयले बन्द गर्न आग्रह गरेकोले संचालनमा नआएको उनको जिकिर छ ।  
युवा संघले बिपतको बेलामा आम नेपाली जनताहरुको पिडामा मल्लम लगाउन सदैब तयार रहेको आचार्यले बताए ।
संघले समाज सेवा गर्दै आइरहेको छ। बिनाशकारी भुकम्पको समयमा पनि संघ आवद्व युवाहरु रसुवा जिल्लामा गै १५ दिन बसेर दर्जनौ घर बनाएका थिए।  संघ जिम्मेबार संस्था भएकोले राज्यका निर्देशनहरु पालना गर्नु हाम्रो दायित्व हुने बताएको हो।  अफबाह फैलाएर राजनिति गर्ने कसैको गलत मनसाय भए त्यो दिवा सपना नदेख्न आचार्यले अनुरोध गरे। 
केन्द्रीय सचिवालय सदस्य एबम जिल्ला संयोजक गोबिन्द आचार्यले स्थितिलाई बढाएर कसैले संगठनको बदनाम गर्ने नियत राख्छ भने त्यो कदापी सहय नहुने बताए । 
उता राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीले गत २०७८ ज्येष्ठ ९ गते आईतवारदेखि  निशुल्क स्कार्पियो एम्बुलेन्स सेवा शुरु गरेको बताएको थियो ।