अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला ६ स्थानिय तहले यही जेठ २५ गतेदेखि शुरु हुने चिनियाँ भेरोसेल कोरोना खोप अभियानका लागि वार्डहरुबाट विवरण लिन संकलन शुरु गरेका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले खोप लिन बाँकी ६० देखि ६४ वर्ष उमेर समूहहरुको विवरण लिन वार्डहरुमा शुरु गरेका हुन् ।
यस्तै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ।
अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो ।
उता अर्घाखाँचीमा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।