डिभर्नाका १ जना पुरुष र धारापानीका १ जना पुरुषको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका १ जना पुरुष र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको रातामाटाका १ जना पुरुष  गरी २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । 
गएको २४ घण्टामा कोरोना संक्रमित डिभर्नाका ६५ वर्षिय पुरुष र धारापानीको रातामाटाका ६५ वर्षिय पुरुषकाे  निधन भएको हो ।  
धारापानीको रातामाटाका पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा र डिभर्नाका पुरुषको  भैरहवा मेडिकल कलेजमा शनिबार निधन भएको थियो ।
धारापानीका पुरुष जेठ १७ गते अस्पताल भर्ना भएका थिए ।  
अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । 
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५८   जनाको ज्यान गएको छ ।