अर्घा भगवती मन्दिर र दरवार निर्माण नहुने, छनबिन गर्नुपर्ने भन्दै ठेक्का नै रद्ध


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले अर्घा भगवती मन्दिर र दरवार निर्माण कार्यका लागि निकालिएको बोलपत्र छनबिन गर्नुपर्ने भएको भन्दै ठेक्का रद्ध गरेको छ ।   
सन्धिखर्क नगरपालिकाले सोमबार अर्घा भगवती मन्दिर निर्माणका लागि निकालिएको बोलपत्र सम्बन्धि ठेक्का रद्ध भएको जनाएको हो  ।
सन्धिखर्क नगरपालिकाले अर्घाखाँची निर्माण संघको पत्र र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार अर्घा भगवती मन्दिर निर्माणका लागि निकालिएको बोलपत्र छनबिन गर्नुपर्ने भएको भन्दै रद्ध भएको जारी सुचना जनाएको छ ।
अर्घा भगवती मन्दिर निर्माणका लागि निकालिएको बोलपत्र ठेक्का रद्ध गरेको कारण भने खुलाएको छैन् । 
विवादित अर्घा भगवती मन्दिर निर्माण ठेक्कालाई लिएर चर्को आलोचना हुँदै आएको थियो ।