भुमिकास्थान नगरपालिकामा प्राय पसलहरुले म्याद सकिएका तथा बिना मुल्य सुची सामाग्री बिक्री गर्दै


कृष्ण परियार
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका विभिन्न स्थानहरुमा अनुगमन गरिएको छ । 
स्थानीय सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, उद्योग संघ लगायतको समन्वयमा भुमिकास्थान नगरपालिकाका विभिन्न स्थानहरुमा अनुगमन गरिएको हो । भने यहाँका पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको भेटिएको छ । 
भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ८ नुवाकोट बाट सुरु भएको अनुगमन वार्ड नम्बर ७ को चिदीचौर बरवास, किलुख हुदै वडा नम्बर ६ को खरिबास , डोटापोखरा , नेटा खिल्जी बेल्बोट हुँदै वार्ड नम्बर ५ को असुरकोट हुलाका सम्म गरिएको छ ।दैनिक उपभोग्य सामानहरुको बिक्री वितरण गर्ने पसलहरुमा गरिएको अनुगमनका क्रममा मुल्यसुची नराखी सामानहरु बिक्रीवितरण गरिएको पाइएको छ ।
यस्तै विभिन्न सामानहरु प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एकरुपता नरहेको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत केशब सुनारले बताए ।
महामारिको समय तथा निशेधाज्ञाको समयमा सर्बसाधारण उपभोक्ता हरु नठगिउन भन्ने उदेश्यका साथ अनुगमन लाई तीव्रता दिएको सुनारले बताए ।विभिन्न स्थानका पसलहरुमा गरिएको अनुगमनमा सुजि, चाउचाउ , भुजा ,चाउमिन , कुरमुरे लागयतका विभिन्न सामानहरुको प्रयोग मितिनै समाप्त भै सकेको भेटिएको घरेलुुका सुचना अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए ।
पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाइ फेरि पुन नदोहोर्‍याउने गरि छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरु जफत गरिएको सुचना अधिकृत दाहालले बताए ।अनुगमनमा घरेलु तथा साना उधोगका प्रमुख अधिकृत केशब सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल , भुमिकास्थान नगरपालिकाका उप प्रमुख खडानन्द बेलबासे,जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायण प्रसाद दमासे, भुमिकास्थान नगरपालिकाका उधोग अधिकृत शंकर अधिकारी,आले-प अधिकृत हिमा न्यौपाने , वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ ,वडा ७ का वडाअध्यक्ष तारा मल्ल, वडा ६ का वडा अध्यक्ष झबिलाल बन्जाडे ,वडा ५ का वडा अध्यक्ष तुल्सी प्रसाद बेल्बासे, जिल्ला प्रहरीका प्रतिनिधि प्रेम थापा, खिल्जी प्रहरी प्रमुख सुर्य प्रसाद पन्थी, पत्रकार कृष्ण परियार , लक्ष्मण घिमिरे लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो केहिदिन यता जिल्लाका विभिन्न स्थानहरुमा अनुगमनलाई तिब्रता दिइएको छ । यद्यपि कोरोना माहामारिको कारण जिल्लामा निशेधाज्ञा गरिएको छ ।निशेधाज्ञाको समयमा विभिन्न जिल्लाहरुमा कालोबजारी तथा मुल्यमा मनपरि गरिएको समाचारहरु आउने गरेका छ्न ।
देश कोरोना महामारीको दोस्रो लहर संग जुधिरहेको बेला देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।
यो समयमा बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमन लाई तिब्रता दिएको छ ।

अन्य समाचारहरु