कृष्ण परियार
ढाकावाङ, अर्घाखाँची जेठ २५ ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका सम्पुर्ण बजार क्षेत्रको अनुगमन गरिएको छ ।
सोमबार र मंगलबार गरि बजार क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा दैनिक उपभोग्य सामानहरुको मुल्यसुची नराखी सामानहरु बिक्रीवितरण गरिएको पाइएको छ । यस्तै विभिन्न सामानहरुको प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एक-रुपता नरहेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख अधिकृत केशब सुनारले बताए ।
माहामारि तथा निशेधाज्ञाको समयमा सर्बसाधारण उपभोक्ता हरु नठगिउन भन्ने उदेश्यका साथ अनुगमन गरिएको प्रमुख अधिकृत सुनारको भनाइ छ ।जिल्लाभरनै अनुगमन गरिने उनले बताए ।
भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर १,२ ढाकावाङ र ३, ४ धारापानीमा मंगलबार अनुगमन गरिएको छ । सोमबार नगरपालिकाका अन्य वडाहरुमा अनुगमन गरिएको थियो । भने यहाँका पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको भेटिएको छ । यस्तै विभिन्न सामानहरु प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको पनि फेला परेको छ ।
बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि बजार अनुगमनलाई तिब्रता दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय सरकार , जिल्ला प्रशासन ,जिल्ला प्रहरी कर्यालय, उद्योग संघ लगायतको समन्वयनमा अनुगमन गर्ने गरिएको छ ।
अनुगमनमा घरेलु तथा साना उधोगका प्रमुख अधिकृत केशब सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल , भुमिकास्थान नगरपालिकाका उप प्रमुख खडानन्द बेलबासे,जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायण प्रसाद दमासे, भुमिकास्थान नगरपालिकाका उधोग अधिकृत शंकर अधिकारी,आले-प अधिकृत हिमा न्यौपाने ,राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखाका उपाध्यक्ष कृष्ण परियार, वडा नम्बर ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार ,वडा ३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडे, वडा २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा ,वडा १का वडा अध्यक्ष भोज प्रसाद खनाल ,प्रहरी प्रतिनिधि धारापानीका प्रमुख गोबर्धन यादव , ढाकावाङका प्रहरी प्रमुख मान बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
नगरको वडा ४ को मिलनचोक बाट सुरु भएको अनुगमन धारापानी ,उपल्लोपोखरा, रातामाटा ,खाकाबेशी ,ढाकावाङ ,राजिमे , भुमेकाथान, सिद्रपोखरा , ठुलाखर्कको चौतारामा सम्पन भएको छ ।
नगरको बजार अनुगमन कार्यक्रमको समापन गर्दै उप प्रमुख खडानन्द बेलबासेले पहिलो चरणको अनुगमनमा गल्ती गर्ने ब्यापारीहरु लाई सम्झाइ बुझाइ छोडिएको र आगामी दिनहरुमा गल्ती सुधार नगरिए कार्बाही गरिने बताए ।
उप- प्रमुख बेल्बासेले अनुगमनको क्रममा भेटिएका र जफत गरिएका सामानहरुलाई नष्ट गरिने बताए ।
बेलबासेले सामानहरुको खरिद गर्दा सामानहरुको उत्पादन तथा प्रयोग गर्न सकिने मिति र मूल्य समेत हेरेर खरिद गर्न उपभोक्ताहरु लाई बुझाए ।
जिल्लामा पछिल्लो केही दिन यता बजार क्षेत्रमा अनुगमन गरिदै आइएको छ । यद्यपि कोरोना माहामारिको दोस्रो लहरका कारण गत बैशाख २० गतेदेखि जेठ ३१ गते सम्म जिल्लाभर निशेधाज्ञा जारी रहेको छ ।