नरपानीमा हिलस्टेसन पुर्वाधार निर्माण हुने


२०७८ ज्येष्ड २६, बुधवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची २०७८ ज्येष्ठ २६, बुधवार (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क  नगरपालिका वार्ड नम्बर ७ नरपानीमा हिलस्टेसन पुर्वाधार निर्माण हुने भएको छ । 
नरपानी : फोटो: जेबी दर्लामी, अर्घाखाँचीडट्कम 
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को मंगलवार सार्वजनिक भएको नीति तथा कार्यक्रम अनुसार नरपानीमा हिलस्टेसन पुर्वाधार निर्माण हुने भएको हो ।
नीति तथा कार्यक्रममा नरपानीमा हिलस्टेसन निर्माणका पुर्वाधारहरु निर्माण गरिने नीति तथा कार्यक्रम सार्वजनिक भए अनुसार रकम बिनियाेजन हुने पनि बताइएको छ । 
साथै आषाढ १ गते बजेट सार्वजनिक हुने कार्यक्रम रहेको छ ।