ठाडाका डाँडाहरू भूक्षयको असर नहुने गरी उत्खनन गरेर बेच्दैमा केही फरक पर्दैन्: टोपबहादुर रायमाझी


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाका डाँडाहरू  उत्खनन गरेर बेच्दैमा  केही असर नपर्ने नेकपा एमाले स्थायी कमिटी  सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताएका छन् । 
                                                                       ठाडा

ठाडाका डाँडाहरूका पहिचान भएका ६ वटा खानीबाट ढुंगा, गिटी उत्खनन गरेर बेच्दैमा असर केही असर नपर्ने रायमाझीले बताएका हुन् । 
काठमाडौंबाट प्रकासित हुने नयाँ पत्रीका दैनिकीले लेखेको समाचार अनुसार “रायमाझीले वावावरणमा क्षति नपुग्ने गरी डाँडा उत्खनन गर्दा अन्यथा नहुने बताएका छन् ।  ‘वातावरणलाई असर हुने गरी चुरेलाई कटान गर्नुहुँदैन । तर, हाम्रो देशमा भएको स्रोत–साधनलाई सदुपयोग गर्नुपर्छ । भूक्षयको असर नहुने गरी कतिपय डाँडाहरू उत्खनन गरेर बेच्दैमा असर गरिहाल्दैन । यद्यपि ढुंगा, गिटी निर्यातसम्बन्धी प्रावधानमा के छ भन्ने अध्ययन गर्नुपर्ने हुन्छ । मैले पूर्ण रूपमा अध्ययन गरेको छैन,’ उनी भन्छन् । 
तर समानुपतिक तर्फबाट अर्घाखाँचीकै  निवर्तमान कांग्रेस सांसद मानबहादुर विश्वकर्मा भने सरकारको निर्णयबाट आक्रोशित छन् ।  तराई र पहाडका जनतामाथि आघात हुने गरी सरकारले निर्णय गरेको र जिल्लावासीले पनि यसको विरोध गर्ने बताए । ‘पहाडी जिल्ला खन्ने भनिएको छ । पहाड खन्दा पानीको मुहान सुक्छ, पहिरो जान्छ र तराईमा बाढी आउँछ । तराई त हाम्रो अन्नको भण्डार हो । व्यापार घाटा कम गराउन भन्दै सरकारले तराईलाई मरुभूमिमा परिणत गर्न खोजेको छ । यो जनताप्रति यो ठूलो घात हो,’ उनी भन्छन् । 
यस्तै पम्फा भुसाल सरकार प्राकृतिक स्रोत ध्वस्त पारेर तराईलाई मरुभूमि बनाउन उद्यत् रहेको बताएकी छिन् । सरकार आपराधिक र राष्ट्रघाती काममा अघि बढेको उनको आरोप छ । ‘पहाड खनेर भारतमा ढुंगा, गिटी निकासी गर्ने सरकारको निर्णय राष्ट्रिय स्वाधीनताविरुद्ध छ । चुरेलाई ध्वस्त पार्ने र तराईलाई मरुभूमि बनाउने गरी यो नीति आएको छ,’ भुसाल भन्छिन्, ‘व्यापार घाटा देखाएर नेपालको प्राकृतिक भू–बनावटलाई ध्वस्त पार्न खोजिएको छ । चुरे समाप्त पारेर अब महाभारतलाई पनि क्षतविक्षत पार्न खोजिएको बुझिन्छ । यो आपराधिक र राष्ट्रघाती काम हो । यसको खुलेर विरोध हुन्छ ।’  
उता साविक ठाडा गाविस वार्ड नम्बर ७ र ८ मा रहेका डाँडाबाट ढुंगा, गिटी उत्खनन गरी भारत पठाउनको लागि ६ वटा खानी पहिचान गरिएको भूगर्भ विभागले बताएको हो ।
सरकारको निर्देशनअनुसार खानी तथा भूगर्भ विभागले ठाडामा रहेका ६ वटा खानीबाट ढुंगा, गिटी उत्खनन गर्ने टुंगो लगाएको छ  । यि पहाड खनेर ढुंगा, गिटी र बालुवा भारत निकासी गर्ने र व्यापार घाटा घटाउने सरकारी योजना छ ।अर्घाखाँचीडट्कम
चुरे क्षेत्र नपर्ने, चट्टानको बनावट कडा भएकोे, वन क्षेत्र कम भएको, राजमार्गबाट नजिक पर्ने र आपूर्ति सहज हुने ठाउँलाई खानीको रूपमा सञ्चालन गर्न छनोट गरिएको  खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेको भनाई छ ।
यसै क्रममा डाँडाका डाँडा काटेपछि पहिरोले विनाश ल्याउने, वातावरणमा प्रतिकूल असर पर्ने भन्दै अर्घाखाँची जिल्लाबासीले चिन्ता व्यक्त गरेका छन् ।
उता शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावरा विक्रम गाँउ नजिक गाउँनै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका छन् । नगरपालिकाले रुपन्देहीको डि. एस कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ३ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ । चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा नियमित उत्खनन भइरहेको छ ।
यस्तै खाँचीकोट, सितापुर, नरपानी  स्थित नर्तनााचल पहाडको चुनढुंगा उत्खननले वातावरणमा प्रतिकूल असर तथा खानेपानीका मुहान सुकेको छ । यहाँ बेला बेलामा उत्खनन कार्य हुँदै आएको छ । उत्खनन कार्यले धुलो र खानेपानी सुकेपछि नरपानी पाली सितापुर लगायत गाउँका ५० हजार भन्दा बढी जनसंख्या विस्थापित हुने अवस्थामा पुगेका छन् ।