अर्घाको रामपथ माटे स्थित निर्माणधिन माेटरेवलपुलको खाडलमा डुबेर एक जनाको निधन


बिष्णु कुमार आले | अर्घाखाँचीडट्कम संवाददाता  
अर्घा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ अर्घाको माटे रामपथमा निर्माणधिन माेटरेवलपुलको खाडलमा नुहाउने क्रममा पानीमा डुबेर एक जनाको निधन भएको छ । 
खेतमा धानको ब्याड बनाएर घर फर्किने क्रममा रामपथ माटे बाँगी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको पिल्लर मुनि जम्मा भएको पानीमा नुहाउन पसेका रामपतका कुलबहादुर कुमालको बुधबार डुबेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।
कुलबहादुर माटेमा रहेको आफ्नो खेतमा धानको बिऊ राख्ने काम सकेर घर फर्किदै गर्दा एक्कासी लड्न पुगेका थिए । 
पुल मुनि जमेको धमिलो पानीको गहिराई थाहा नहुँदा कुमालको पौडी खेल्न नसक्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० र ११ अर्घा माटेको ४ काेट जाेड्ने  माेटरेवलपुलको शिलान्यास गत २०७७ चैत्र ३० गते सोमवार तत्कालिन उर्जा,जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझीले गरेका थिए । 
माटे-कविरा रामपथ सडक पुल १ कराेड ६० लाख ८४ हजार लागतमा निर्माण हुन लागेकाे छ । 

अन्य समाचारहरु