अर्घाखाँचीभरका खोप केन्द्रमा आज २ हजार ६ सय ६६ जनाले चिनियाँ भेरोसेल कोरोना खोप लगाए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ६ स्थानिय तहका खोप केन्द्रमा २ हजार ६ सय ६६ जनाले चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका छन् । 
अर्घाखाँची जिल्लामा ६ स्थानिय तहका सन्धिखर्क नगरपालिकामा ६६३ जना, भूमिकास्थान नगरपालिकामा ४३२,    शितगंगा नगरपालिकामा ३३८ जना,   मालारानी गाउँपालिकामा ४३५ जना,  पाणिनी गाउँपालिकामा ४२८,    र छत्रदेव गाउँपालिकामा ३७० जना ६२ देखि ६४ उमेर समुहले आज बुधवार चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका हुन् । 
अर्घाखाँचीमा ३ हजार ३ सय ६० डोज चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप आएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ७ सय ४५ डोज, शितगंगा नगरपालिमामा ७ सय ३० डोज, भुमिकास्थान नगरपालिकामा ५ सय ७८ डोज, मालारानी गाउँपालिकामा ४ सय ७७ डोज, पाणिनी गाउँपालिकामा ४ सय ६५ डोज र छत्रदेव गाउँपाकिामा ३ सय ७५ डोज खोप आएको थियो ।
साथै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको थियो । 
अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो । 
उता अर्घाखाँचीमा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् । 
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।