अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख र स्वास्थ शाखा प्रमुख कोरोना संक्रमितको घर घरमा गएर औंषधी वितरण गरेका छन् ।
सन्धिखर्क नगरपालिकाले जिल्ला स्वास्थ कार्यलयको समन्वय र स्वास्थ शाखाको आयोजनामा आफ्नो नगर् भित्रका वडा वडा र टोल टोल मा पुगि एन्टिन्जेन किटको माध्यम बाट परिक्षण को दायरा बढाए सगै सन्क्रमित हुनेको संख्या पनि बढेको छ।
बुधबार सन्धिखर्क नगरपालिका का उपमेहर ठाकुर कुमार बिक र नगरका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली नगरको वार्ड न. १ रतहलेमा पुगि होम आइसुलेश बसेका बिरामीहरुको स्वास्थ अवस्था बुझ्नुका साथै संक्रमितहरुलाई औंषधी समेत बितरण गरिएको छ।