चार दिन चल्ने नवौं अरब ऊर्जा-श्रोत सम्मेलन हिजो कतारको राजधानी दोहामा शुरु भयो। उक्त सम्मेलनको विषय-सूचि "अरब ऊर्जा-श्रोतको सहयोग" रहेको छ। मध्य-पूर्वी क्षेत्रका मुलुकहरुको पेट्रोल मन्त्रीहरुले विश्वव्यापी पृष्ठभूमिमा पेट्रोल र प्राकृतिक ग्याँस श्रोत-साधनको निर्यात मुलुकको सामु देखापरेको चुनौती र सफा ऊर्जा-श्रोतको विकासआदि विषयबारे छलफल गर्नुहुने छ।
साउदी अरेबियाका पेट्रोल तथा खनिज श्रोत-साधन मन्त्री अलि अल नाइमीले सम्बोधन गर्दै विश्वव्यापी बैकिङ संकट भएको एक वर्षदेखि यता अन्तर्राष्ट्रिय पेट्रोल बजारमा भएको परिवर्तनबाट हेर्दा पेट्रोलप्रति नवोदित आर्थिक समूहको चाहनामा निरन्तर बृद्धि भएको कुरा बताउनुभयो।
कुवेतका पेट्रोल मन्त्री अहमेद अल अब्दुलाह अल साबाहले बोल्दै अरबेली मुलुकहरुले ऊर्जा-श्रोत क्षेत्रमा सहयोग गर्नुपर्ने र विश्वव्यापी ऊर्जा-श्रोतको सुरक्षालाई सुनिश्चित गर्नका लागि दायित्व वहन गर्नुपर्ने कुरा बताउनुभयो।