लेखबेशी देखिए जताततै ,हरियाली डाँडा वनपाखैमा!
बगैंचामा देखिए जताततै ,लटरम्म छ्न फलहाँगैमा!
चरिहरु बचेरीलिइ उठदैछन ,हुलसाथै आकासैमा!
सुनौसुनौ लाग्ने उनैको ,चचचुचु त्योआवाजमा!
बारिमा मकैको बोट ,देखिन्छन् सब,हरियाली!
म किसान छु तेतै ब्यस्त ,गोडमेल साथै खनखाली !
बेलाबेला आउँदछन समूह,तित्रा अनि कालिजको!
डालिबसी गाउछिन न्याउली ,मेरो ध्यान खालिगयो!
खेतमा धानको बीउ,लगाउने सब बेलाभयो!
हलिदाइले गोरुजोते,,मेरो आलिलाउने पालोभयो!
दिदिबहिनी छापो काट्दछ्न ,हर्खेदाइ छ कुनातिर !
फुर्सदै छैन कसैलाई पनि ,सबैछ्नआफ्नै सुरतिर!
युवाजोस देखिदैछ जताततै,काम मेलापात हरुमा!
वरपर सुनिन्छ्न गित ,मुरेली, धुन ,सुर, हरुमा!
समय यहीँ होअब मानोरोपी ,मुरि फलाउने बेला !
लागेकाछौ सबै किसान !जुटेकाछौ सबै मेला!