टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङमा बाख्राको जातिय तथा बंशसुधारको माध्यमबाट मासु उत्पादन र उत्पादकत्व वृद्धि गराउने उदेश्यका साथ सामुदायिक बोयर बृडरहर्ड (नश्ल सुधार श्रोतकेन्द्र) स्थापना गरिएको छ।
सो संबन्धमा नेपाल लाइभ स्टक सेन्टर इनोभेसनकाे आयोजनामा केन्द्रित आयोजना सहयोग इकाइ बुटबल को आर्थिक तथा प्राबिधिक सहयोगमा स्थापना गर्ने गरि आयोजनाको जिल्लास्तरको सरोकारवाला बिच बिचार बिमर्शमन्च(योजना समिति)को निर्णय अनुसार भुमिकास्थान नगरपालिका वडा न.२मा साबिकमा सञ्चालन हुदै आएका सामुदायिक बोयर मल्टिपलायर हर्डलाइ स्तरउन्नति गरि सो समुदायका आसपासका थप किसानहरुलाई संगठित गरि सामुदायिक स्तरको बोयर बृडरहर्ड संचालन गरिने भएको छ।
उक्त कार्यक्रमकाे नेतृत्व भुमिकास्थान नगरपालिका वार्ड नम्बर १र२ ढाकावाङ्गमा रहेको श्री प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा बृडरहर्ड मुल समिति बनाइ कार्यक्रमहरु कार्यन्वयन गरिने भयको छ।
उक्त क्षेत्रका करिब १७५ जनाले कम्तिमा ३-५वटा बाख्रा पालेका कृषकहरु लाई संगठित गरि करिब १००० प्रजनन योग्य माउ बाख्राहरुमा शुद्ध नश्लको बोयर बोकाबाट प्रजनन गराइ वा शुद्ध बोयर सिमेनबाट कृत्रिम गर्भाधान गराइ बाख्राको बर्णशंकर उत्पादनको माध्यमबाट उन्नत नश्लका पाठा पाठि उत्पादन गरि बिस्तार गरिने कार्यक्रमको लक्ष रहेको छ।
सो सम्बन्धमा जेठ ३० गते आइतबार कोरोना संक्रमणको जटिल परिस्थितिमा बैकल्पिक (भर्चुअल) माध्यमबाट प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका पदाधिकारिहरु बिच आयोजनाका अनुगमन मुल्याङ्कन अधिकृत लोकराज भुसाल र प्राबिधिक सुन्दरलाल बि.क ले कार्यक्रमबारे अभिमुखिकरण गराउनु भएको छ।
कार्यक्रमको अन्तमा प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम)ले आफुहरु यसप्रकारको कार्यक्रमबाट निकै उत्साहित भएको र किसानहरुको जीबिको पार्जनका लागि आयआर्जन मा यसबाट निकैसहयोग पुगी यस क्षेत्रका बाख्राहरुको जातिय बंशसुधारमा निकै परिबर्तन गराइ उत्पादन बढाउन सकिने भएकोले सहकारीले सबैसंग सहकार्य गरि आयोजनाको उदेश्य अनुसार कार्य गर्ने प्रतिबद्धता सहित आयोजनाप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।