अर्घाखाँचीमा अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त, उच्च सतर्कतामा रहन प्रशासनको आग्रह (फोटो फिचर)


दीपेन्द्र पौडेल, बसन्त खड्का | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा  कष्टकर  भएको छ । 
सदरमुकाम सन्धिखर्क जिल्लाभरका सडक पहिरोले भात्किएर अवरुद्ध भएका छन् । ठाउँ – ठाउँमा पहिरो जाँदा सन्धिखर्क – गोरुसिङ्गे सडक अवरुद्ध भएको छ । 
यस्तै जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,    शितगंगा नगरपालिका,   मालारानी गाउँपालिका,    पाणिनी गाउँपालिका,  र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 
 
यस्तै सन्धिखर्कको भुजुङे गाउँका स्थानियबासीहरु पहिरोका कारण गाउँ छोडेर छिमेकीमा बस्न वाध्य भएका छन् । 
उता जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ । भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी उच्च सतर्कतामा राखेको बताएको छ ।