शिखर श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ५ असुरकोट र ६ खिल्जीको (साबिक असुरकोट -४ र खिल्जी -५ ) मा अविरल वर्षाका कारणको कारण श्री जनप्रिय मावी उच्च जोखिम परेको छ ।
अविरल वर्षाका कारण असुरकोट र खिल्जीको श्री जनप्रिय मावी उच्च जोखिम परेको हो ।
यस्तै सन्धिखर्कदेखि प्युठान जोडने मुख्य सडक खण्डमा पैदल यात्रा गर्नको लागि पनि निकै कठिनाई भएको छ।
१ हप्ता पहिलेको ३ दिने झरिले सडकमा गाडी गुडाउन निकै कठिन अबस्था भएको थियो ।
सडकको यो हालत देख्दा पनि भुमिकास्थान ५/६ का जनप्रतिनिधिहरुको ध्यान यस सडकमा पुग्न नसकेको स्थानियको गुनासो रहेको छ ।