अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा सञ्चालित आइसोलेसन कक्ष (एच डि यु) मा भेण्टिलेटर जडान गरिएको छ ।
उक्त आइसोलेसन कक्षमा सोमबार दुई वटा भेण्टिलेटर जडान गरिएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए । अस्पतालमा उक्त उपकरण सञ्चालन गर्नसक्ने जनशक्तिको भने अभाव रहेका प्रमुख गौतमले बताए ।
साथै आइसोलेसन कक्षमा हाल १५ वटा अक्सिजन जडान गरिसकिएको छ । कोरोना महामारीकाबिच संघिय सरकारको पहलमा स्वीकृत बिनियोजित बजेटबाट ६ महिनाअघि उक्त कक्ष सञ्चालनमा ल्याईएको हो ।
हाल उक्त कक्षमा उपचाररत २ सय ५० सम्पूर्ण कोरोना संक्रमित बिरामीहरु संक्रमणमुक्त भएर घर फर्किसकेको प्रमुख गौतमले बताए । उक्त आइसोलेन सेण्टरमा २ सय ५० जना कोरोना संक्रमित उपचाररत थिए ।