दिपेन्द्र खत्री
सन्धिखर्क, अर्घाखाँची । केही दिन अगाडि देखि लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा कष्टकर भएको छ ।सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभरका सहरी तथा ग्रामीण भेगका सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
जिल्लाको छ वटा स्थानीयतहनै अविरल वर्षाका कारण आकुल व्याकुल भईरहेको अबस्था छ। सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,शितगंगा नगरपालिका, मालारानी गाउँपालिका,पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
वर्षाका कारण जिल्ला भित्रका नागरिकको जनजीवन अस्तव्यस्त तथा कष्टकर हुदै गएको भन्दै स्थानीय बासिन्दा त्रसित छन्।नागरिक आवतजाबत गर्न नसक्ने अबस्था छ,सन्धिखर्क नगरपालिकाको भुजुङे गाउँका स्थानियबासीहरु पहिरोका कारण गाउँ छोडेर छिमेकीमा बस्न वाध्य भएका छन् । सडक पहिरोले अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा पहिरो जाँदा सन्धिखर्क गोरुसिङ्गे सडक लगायत कयौं सडक अवरुद्ध भएको छन् ।
जिल्लामा वर्षाका कारण सामुदायिक बिधालय हरुका भवन हरुपनि उच्च जोखिम छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवन, भुमिकास्थान नगरपालिका ५ असुरकोट र ६ खिल्जीको श्री जनप्रिय मावी उच्च जोखिमा परेका छन्।
उता जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ । भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उच्च सतर्कतामा राखेको बताएको छ ।